अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

अमेरिकामा म्यानेजरबाट ६ जना सहकर्मीको हत्या गरी आत्महत्या

बिआरटीनेपाल २०७९ मंसिर ८ गते ५:३२ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा प्रसिद्ध वालमार्ट स्टोरका म्यानेजरले गोली आफ्ना ६ जना सहकर्मीको हत्या गरेका छन् । घटनामा ६ जना नै घाइते भएका छन् भने आक्रमण गर्ने म्यानेजरले पनि आत्महत्या गरेका छन् ।एन्ड्रे बिङ नाम गरेका ३१ वर्षीय म्यानेजरले वालमार्टको अत्यन्तै ब्यस्त मध्येको चेसापिक शाखाको स्टाफ रुममा सहकर्मीहरुमाथि गोली हानेको प्रहरीले बताएको छ । सहकर्मीहरुमाथि गोली प्रहार गरेलगत्तै उनले उच्च तहका सहकर्मीहरुलाई स्टोर कोठामा डाकेर र उनीहरुकै अगाडि ह्याण्डगनले आफूलाई गोली हानेका थिए ।

वालमार्टले आक्रमणकारी म्यानेजर सन् २०१० देखि वालमार्टमा रहेको र उनी विशेष गरी उनी रात्रीकालिन जिम्मेवारीमाा रहने गरको बताएको छ । साथै पीडित परिवारहरुका लागि सक्दो सहयोग गर्ने बचन पनि वालमार्टले दिएको छ ।६ जना घाइते मध्ये दुई जनाको अवस्था जटिल रहेको र एक जनाको स्थिर रहेको वालमार्टले जनाएको छ । अरु तीन जना भने सामान्य घाइते रहेका छन् ।

मंगलबार राति उक्त घटना भएको बेला स्टोरमा ५० जना मानिस रहेको जानकारी प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी दिएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को त्रासदीपूर्ण घटना भन्दै बन्दुक प्रतिबन्ध लगाउने कानुनहरु प्रयाप्त नभएको पुष्टि भएको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू