अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 06:35

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेकाे हत्या प्रकरणकाे अनुसन्धान सुरू

बिआरटीनेपाल २०७९ मंसिर ७ गते ५:१६ मा प्रकाशित

जापान सरकारले पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या भएको पाँच महिनापछि युनिफिकेसन चर्चमाथि अनुसन्धान सुरू गरिएको छ । आबेको हत्याराले युनिफिकेसन चर्चसँगको आक्रोसका कारण उक्त हत्या गरेको खुलेपछि चर्चमाथि अनुसन्धान सुरु भएको हो। उक्त चर्चको आर्थिक र वित्तीय कारोबारमा केन्द्रित भई छानबिन हुने भएकाे छ । कारबाहीपछि संगठन र यसको कानूनी हैसियत खोसिन सक्ने अनुसन्धान रिपोर्टहरूमा उल्लेख गरिएकाे छ ।

सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एडीपी) का सदस्य र चर्चबीचको लामो समयदेखिको सम्बन्ध खुलासा भएपछि जनतामा आक्रोस बढ्दा प्रधानमन्त्रीको लोकप्रियतामै धक्का लागेको छ । देशका शिक्षा मन्त्री केइको नागाओकाले चर्चलाई अनुसन्धानकर्ताहरूको प्रश्नहरूको जवाफ दिन डिसेम्बर ९ सम्मको समय दिइएको बताएका छन् । चर्चलाई उसको विवादास्पद कोष सङ्कलन गतिविधिहरूकाे बारेमा प्रश्न सोधिएको छ ।

त्यसपछि चर्चको कानूनी हैसियत हटाउने कि नहटाउने भन्ने निर्णय हुने भएकाे छ । कानूनी हैसियत हटेमा धार्मिक संस्थाहरूले पाईरहेको कर छुट बन्द हुनेछ । गत जुलाईको सुरुमा चुनावी भाषणका क्रममा आबेलाई तेत्सुया यामागामीले गोली हानेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू