अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५० | Colorodo: 13:05

दक्षिण अफ्रीकाका बलिङ अलराउण्डर काल्भिनले नेपाल टी-ट्वान्टी लिग खेल्ने

बिआरटीनेपाल २०७९ मंसिर ३ गते ५:४४ मा प्रकाशित

दक्षिण अफ्रीकाका बलिङ अलराउण्डर काल्भिन स्याभेजले नेपाल टी-ट्वान्टी लिग खेल्ने भएका छन् । काल्भिनले नेपाल टी-ट्वान्टीको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टार्सबाट खेल्ने भएका हुन् ।लुम्बिनीले शनिबार सामाजिक सञ्जालबाट काल्भिनलाई अनुबन्ध गरिएको जनाएको छ ।

लुम्बिनीले अष्ट्रेलियाका अलराउण्डर बेन कटिङको स्थानमा काल्भिनलाई अनुबन्ध गरिएको जनाएको छ । काल्भिनले १९ टी–ट्वान्टी, ६९ प्रथम श्रेणी र ५२ लिष्ट ए क्रिकेट खेलेका छन् । काल्भिनले दक्षिण अफ्रिकाको यू-१९ टोलीबाट खेलिसकेका छन् । कीर्तिपुरस्थित टियू मैदानमा हुने पहिलो संस्करणको लिग मंसिर २६ बाट पुस १६ सम्म आयोजना हुने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू