अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:११ | Colorodo: 17:26

निर्वाचन सुरक्षालाई ध्यान दिँदै नेपाली सेनाको ९ सय बढी बम डिस्पोजल टोली तयारी अवस्थामा

बिआरटीनेपाल २०७९ मंसिर २ गते ४:२९ मा प्रकाशित

सरकारले देशभरलाई कभर गर्ने गरी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको छ । निर्वाचन सुरक्षालाई ध्यान दिँदै सरकारले सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको हाे ।

गृह मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर चुनावको सुरक्षालाई केन्द्रीत गर्दै ९ सय ३ बम डिस्पोजल टोली तयार पारिएको बताइएको हो । मन्त्रालयले मतदानस्थललाई संवेदनशिल, अतिसंवेदनशिलमा वर्गिकरण गरी त्यही अनुसारको सुरक्षा रणनीति बनाएको छ ।

निर्वाचनलाई स्वच्छ र भयमूक्त बनाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी फिल्डमा खटाइएको छ ।

 

प्रतिक्रिया