अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१० | Colorodo: 00:25

शेयर बजारमा पुनः सामान्य करेक्सन

बिआरटीनेपाल २०७९ कार्तिक २९ गते ५:१२ मा प्रकाशित

सोमबार दोहोरो अंकले सुधारिएको शेयर बजारमा मंगलबार पुनः सामान्य अंकको करेक्सन आयो । पाँच कारोबार दिन लगातार ओरालो लागेको नेप्से सोमबार सुधारिएकोमा मंगलबार पुनः ६ अंकले ऋणात्मक रहेर १८ सय ९७ कायम भयो । मंगलबार पनि सुरुवात देखि उकालो लागेर मध्यान्ह १९ सय २० सम्मको उचाइ चुमे पनि वृद्धि टिक्न नसकेको हो ।

कारोबार भने धेरै दिनमा अर्ब नाघ्यो । यस दिन निर्जीबन बीमा, व्यापार र वाणिज्य बैंक समूह सामान्य अंकले हरियो रहँदा बाँकी समूह रातो रहे । उत्पादनमूलक समूह सबैभन्दा उच्च ४४ अंकले ओरालो लाग्दा बाँकी बढीजसो समूह दोहोरो अंकले ऋणात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको २७ लाख ४५ हजार कित्ता शेयर १ अर्ब २ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ३४ कम्पनीको मूल्य घट्दा जम्मा ४३ को बढ्यो । यस दिन तारागाउँ रिजेन्सी होटल र सिकल्स हाइड्रोका लगानीकर्ताले सबैभन्दा उच्च ८ प्रतिशत बढी गुमाउँदा सिटीजन्स म्युचुअल फण्डको शेयर मूल्य सबैभन्दा उच्च साढें ४ प्रतिशत बराबर बढेको पनि नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू