अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

शेयर बजारमा १० अंकको गिरावट

बिआरटीनेपाल २०७९ कार्तिक २७ गते ४:५५ मा प्रकाशित

साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। आइतबार नेप्से परिसूचक १०.५४ अंक घटेर १८८३.१६ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.८३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंकले घटेको छ।आइतबार कोरोबारमा आएका २२५ कम्पनीको २० लाख २८ हजार कित्ता शेयर ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्सेसँगै आइतबार कारोबार रकम पनि घटेको छ।

नेप्सेका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.६० प्रतिशत बढेको छ। व्यापार उपसमूहको परिसूचक १.४४ प्रतिशत घटेको छ।

आइतबार लक्ष्मी इक्वीटि फण्डको इकाई मूल्य ७.९० प्रतिशत बढेको छ। त्यस्तै, मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ३.७४ प्रतिशत बढेको छ। निर्धन उत्थान लघुवित्तको शेयरमूल्य ६.४० प्रतिशत घटेको छ। आजको कारोबारमा शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू