अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

नेकपा विप्लव समूहको नवौँ महाधिवेशन : महासचिव चन्दको राजनीतिक प्रस्ताव सर्वसम्मत पारित

बिआरटीनेपाल २०७९ कार्तिक १ गते ६:५९ मा प्रकाशित

नेकपा (विप्लव समूह) को जारी नवौँ महाधिवेशनले पार्टी महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’द्वारा प्रस्तुत राजनीतिक प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।असोज २५ गतेदेखि कपिलवस्तुमा जारी नवौँ महाधिवेशनमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो । प्रतिनिधिहरूले राखेको चासो, जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै विप्लवले पुँजीवादी विश्व असफल भएकोले समाजवादी क्रान्ति हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई अपिल गर्नुभयो ।

प्रस्ताव पास गरिसकेपछि हलमा उपस्थित प्रतिनिधि पर्यवेक्षकहरूले एकमतले राजनीतिक प्रतिवेदन, नीति तथा कार्यक्रम, विधान र जातीय मुक्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । महाधिवेशनले दलाल संसदीय व्यवस्था नेपालमा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै नेपालमा वैज्ञानिक समाजवाद अनिवार्य भएको र त्यो एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्र पूरा गर्ने निष्कर्षसमेत निकालेको छ ।

महाधिवेशनले नेपालमा मुख्य गरी भूमण्डलीकृत पुँजीवाद एवम् दलाल संसदीय पुँजीवाद र उत्पीडित जनताबीचको अन्तर विरोध प्रधान भएर आएको समेत भनिएको छ । मंगलबर प्यानल प्रस्तावसहित अन्य विषयहरूमा निर्णय पछि नवौँ महाधिवेशन सकिदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू