अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

पाकिस्तानमा भएको उपचुनावमा पूर्वप्रधानमन्त्री खानको कीर्तिमानी जित

बिआरटीनेपाल २०७९ असोज ३१ गते ८:४० मा प्रकाशित

पाकिस्तानमा भएको उपचुनावमा पूर्वप्रधानमन्त्री इमरान खानले कीर्तिमानी जित हात पार्नुभएको छ । नेशनल असेम्बलीको आठ सिटका लागि हिजो आइतवार भएको उपचुनावमा खानले ६ सिटमा जित हात पार्नुभएको हो । उहाँ सात सिटमा उम्मेदवार बन्नुभएको थियो ।

यसअघि सन् २०१८ को आम चुनावमा खानले नेशनल असेम्बलीको पाँच सिटमा चुनाव जितेर कीर्तिमान बनाउनुभएको थियो । आफ्नो पछिल्लो कीर्तिमान तोड्दै उहाँ यस पटक सात सिटमा विजयी हुनुभएको बीबीसी हिन्दीले जनाएको छ । उपचुनावमा खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले आठमध्ये ६ सिट र पाकिस्तान पिपल्स पार्टी (पीपीपी) ले दुई सिट जितेको छ ।

चुनावमा पाएको सफलताको बलमा इमरानले आफ्ना लागि राजनीतिक ‘स्पेश’ बनाउने विश्लेषण भइरहेको बीबीसीले जनाएको छ । यस्तै हिजै उपचुनाव भएको पञ्जाबको तीन प्रान्तीय सिटमा पीटीआईले दुई र मुस्लिम लीग–नूनले एक सिट जितेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू