अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

फ्रान्सको राजधानी पेरिसमा बढ्दो महँगीविरुद्ध प्रदर्शन चर्किदै

बिआरटीनेपाल २०७९ असोज ३१ गते ८:२४ मा प्रकाशित

फ्रान्सको राजधानी पेरिसमा बढ्दो महँगी र मुद्रास्फितिविरुद्ध विशाल प्रदर्शन भएको छ । तेल प्रशोधन केन्द्रहरुमा ३ सातादेखि भइरहेको हड्तालका कारण इन्धनको मूल्य अकाशिदा सर्वत्र असर परेपछि १० औं हजार मानिस सडकमा ओर्लिएका हुन् । विपक्षी बामपन्थी पार्टीले आह्वान गरेको प्रदर्शनमा करिब डेढ लाख मानिस सहभागी भएको पेरिस प्रहरीको अनुमान छ । प्रदर्शनका आयोजकले महँगीले कष्टकर बनेको दैनिकी र जलवायु क्षयीकरणप्रति सरकारको ध्यानाकर्षण गराउन सडकमा उत्रिनु परेको बताएका छन् ।

उनीहरुले बढ्दो बजार मूल्य नियन्त्रणका लागि तत्काल आपत्कालिन मापदण्डहरु लागू गर्नुपर्ने तथा करका दर घटाएर राहत दिनुपर्ने माग गरेका छन् । प्रदर्शनकारी मध्ये केहीले सन् २०१८ मा राष्ट्रपति इम्यालुएल म्याक्रोंलाई हायलकायल पार्ने आन्दोलनकारीको पहेलो भेस्ट लगाएका थिए । मंगलबार फ्रान्सका लगभग सबै ट्रेड युनियनहरुले देशब्यापी हड्तालकाे आह्वान समेत गरेका छन् ।

जसबाट सम्पूर्ण यातायात क्षेत्र समेत प्रभावित हुने सम्भावना रहेको छ । तेल प्रशोधन केन्द्रका कामदारहरुले तलब तथा सुविधा वृद्धिका लागि गर्दै आएको हड्तालमा अन्य क्षेत्र पनि मिसिंदै जाँदा राष्ट्रपति म्याक्रोंमाथि विपक्षीको दवाव झन कसिंदै जाने देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू