अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

युक्रेनको राजधानी किभमा रुसको पुनः आक्रमण

बिआरटीनेपाल २०७९ असोज ३१ गते ८:०८ मा प्रकाशित

युक्रेनको राजधानी किभमा रुसले पुनः आक्रमण गरेको छ । सोमबार बिहानै किभमा ३ वटा हवाई हमला भएका त्यहाँका मेयरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मेयर भिटाली क्लिट्स्कोले आवासीय भवनहरू क्षतिग्रस्त भएको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री यर्माकले आक्रमण कामिकाजे ड्रोनबाट भएको दाबी गरेका छन् ।

किभमा अघिल्लो साता भएको आक्रमणमा परि १९ जनाको ज्यान गएको थियो । सरकारले स्थानीयलाई सुरक्षित ठाउँमा बस्न र खतराका साइरनको बेवास्ता नगर्न सचेत गराएको छ । कामिकाजे ड्रोन इरानमा बनेको हो । युक्रेनले इरानबाट रुसमा ड्रोन निर्यात गरिरहेको भन्दै आपत्ति पनि जनाएको छ ।

युक्रेनले आफूहरूलाई थप हवाई आक्रमण रक्षा प्रणाली सहयोग गर्न पनि अमेरिका र युरोपेली देशलाई आग्रह गरेको छ । इरानले भने रुसलाई ड्रोन आपूर्ति गरेको अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू