अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

ग्रीस र टर्कीबीचको सीमामा एक सय बढी आप्रवासी पुरुष नग्न भेटिए

बिआरटीनेपाल २०७९ असोज ३१ गते ८:०५ मा प्रकाशित

ग्रीस र टर्कीबीचको सीमामा एक सय बढी आप्रवासी पुरुष नग्न अवस्थामा भेटिएपछि संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त गरेको छ । सन् २०१५ र २०१६ को बीचमा द्वन्द्वग्रस्त मुलुकका शरणार्थीको संख्या तीव्र रुपमा बढेको र लाखौं शरणार्थी टर्कीको बाटो हुँदै ग्र्रीस पुग्ने गरेका छन् । यो घटना लगत्तै ग्रीस र टर्कीबीच आरोप–प्रत्यारोप भएको छ ।

टर्कीको उत्तरी सीमा नजिक भेटिएका ती पुरुषको ग्रीस प्रहरीले उद्धार गरेको छ भने तीमध्ये केही घाइते अवस्थामा भेटिएका छन् । यो घटनापछि ग्रीसले टर्कीलाई यस्तो व्यवहार सभ्यताको अपमान भएको आरोप लगाएको छ ।

टर्कीले छिमेकीलाई ‘बर्बरता’ को संज्ञा दिएको छ । ग्रीस प्रहरी र युरोपेली संघको सीमा एजेन्सी फ्रन्टेक्सको अनुसन्धानले यी सबै आप्रवासी टर्कीबाट नदी पार गरी ग्रीसको भूभागमा प्रवेश गरेको खुलासा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू