अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

युगान्डामा इबोला भाइरस तीब्र रुपमा फैलिएपछि लकडाउनकाे घोषणा

बिआरटीनेपाल २०७९ असोज ३१ गते ७:३७ मा प्रकाशित

अफ्रिकी मुलुक युगान्डामा इबोला भाइरसकाे संक्रमणका कारण लकडाउनकाे घोषणा गरिएको छ । युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार गत सेप्टेम्बर २० मा पहिलो पटक यो प्रकोप देखा परेपछि त्यस यता १९ जनाको मृत्यु भइसकेको हाे । महामारी नियन्त्रणका लागि लकडाउन गरिएको युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले बताउनुभएकाे छ। इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई वटा जिल्लामा लकडाउनकाे घोषणा गरिएको हो ।

साेही स्थानको यात्रामा प्रतिबन्ध, व्यक्तिगत यात्रामा रोक र रातको समयमा कर्फ्यु आदेश समेत जारी गरिएको छ । त्यस्तै, सार्वजनिक स्थानहरू बन्द गरिएका छन् । यसअघि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युगाण्डामा इबोला संक्रमण तीब्र रुपमा फैलिएको बताउदै सचेत रहन त्यहाँको सरकारलाई निर्देशन दिएको थियो

मध्य युगान्डाका ३ वटा जिल्लामा संक्रमण दर तीब्र रुपमा बढीरहेकाले सावधानी नअपनाएमा यसले बिकराल रुप लिने डब्ल्यूएचओले चेतावनी समेत दिएको छ । युगान्डामा सन् २०१२ पछि पहिलो पटक इबोलाको प्रकोप फेरी बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू