अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

रुसको सैन्य तालिम केन्द्रमा गोली चल्यो : ११ जनाको ज्यान गयो, १५ जना घाइते

बिआरटीनेपाल २०७९ असोज ३० गते ७:२६ मा प्रकाशित

रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको ज्यान गएको छ । अरु १५ जना घाइते भएका छन् ।

युक्रेनमा युद्धको मञ्चका रूपमा काम गर्ने रुसको बेल्गोरोड क्षेत्रमा रहेको सैन्य तालिम केन्द्रमा हिजो गोली चलेको सरकारी समाचार एजेन्सी रियाले जनाएको छ । रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत गणतन्त्रका भएको हुनसक्ने जनाएको छ ।

रुसले गएको फेब्रअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । त्यसैक्रममा रुसले युक्रेनसँग लड्ने स्वयंसेवकलाई हतियार चलाउने तालिम दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू