अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन आजबाट सुरू

बिआरटीनेपाल २०७९ असोज २९ गते २१:०६ मा प्रकाशित

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ महाधिवेशन आज (आइतबार) देखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा सुरू हुने भएकाे छ । महाधिवेशनमा २२ सय ९६ जना प्रतिनिधिले भाग लिने भएका हुन् । यी प्रतिनिधिले समग्र चीनभरीका ९ करोड ६० लाख पार्टी सदस्यको प्रतिनिधित्व गर्ने भएका छन् । बेइजिङको समय अनुसार आइतबार बिहान १० बजे महाधिवेशन सुरू भएपछि कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रतिवेदनमाथि छलफल सुरु हुने भएकाे छ ।

महाधिवेशनमा सीपीसी, केन्द्रीय समितिको अनुशासन निरीक्षण आयोगको प्रतिवेदनमाथि लेखाजोखा गरेर पार्टीका महत्वपूर्ण विषयमा छलफल र निर्णय गर्ने तथा कम्युनिष्ट पार्टीको नयाँ केन्द्रीय समिति र नयाँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्ने कार्यक्रम रहेकाे छ ।

यसअघि अक्टोबर ९ देखि १२ तारिखसम्म १९ औँ केन्द्रीय समितिको सातौं पूर्ण अधिवेशन सम्पन्न भएको थियो । सोही अधिवेशनले २०औँ महाधिवेशनको मिति अक्टोबर १६ का लागि निर्धारित गरेको थियो । यो महाधिवेशनले कस्ता पृष्ठभूमिका नेतालाई अगाडि सार्छ र कस्तो खालको नीति तय गर्छ भन्ने विषयले विश्व राजनीतिमा अर्थ राख्छ ।

महाधिवेशनको एक साताअघि प्रेस सेन्टर खुला गरिएपछि आयोजकले यसबारे जानकारी दिएका हुन् । कोभिड नियन्त्रणको नीतिका कारण पत्रकारले प्रतिनिधिहरूसँग प्रत्यक्ष साक्षात्कार गर्न भने पाउने छैनन् । तर प्रेस केन्द्रले भिडियो अन्तर्वार्ताको व्यवस्था मिलाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू