अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

आक्रमणको धम्कीपछि हल्यान्डकी राजकुमारी दरबार फिर्ता

बिआरटीनेपाल २०७९ असोज २९ गते ६:२२ मा प्रकाशित

अध्ययनको क्रममा एम्सटर्डमको एक भवनमा बसेकी हल्यान्डकी राजकुमारी क्याथरिना अमालिया त्यहाँ असुरक्षित महसुस गरेपछि राजप्रासादमा सरेकी छन् । स्वीडेनको राजकीय भ्रमणमा रहेका राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले नेदरल्यान्डस्का सञ्चारमाध्यमलाई राजकुमारी दरबार फर्केको बताएका हुन् ।

“उनको यो निर्णयले उनको जीवनको लागि ठूलो महत्त्व राख्दछ । अब उनी एम्स्टर्डममा बस्दिनन् र वास्तवमा बाहिर जान सक्दिनन्,” रानी म्याक्सिमाले छोरीको निर्णयको सराहना तथा उनीप्रति गर्व गर्दै  भनिन् । राजा विलेम–अलेक्जेन्डरले आफ्नी छोरीको अवस्थालाई ‘अति कठिन’ भनेका छन् ।

यसै वर्षको ग्रीष्मयाममा १८ वर्षीया  राजकुमारी अध्ययन गर्न एम्स्टर्डमको एक आवासीय भवनमा सरेकी थिइन् । गत महिना डे टेलिग्राफ अखबारले राजकुमारीको सुरक्षाका निम्ति उल्लेखनीय रूपमा काम गरिएको समाचार प्रकाशन गरेको थियो ।

राजकुमारीमाथि संगठित आपराधिक गिरोहबाट आक्रमण वा अपहरणको जोखिम बढेको थियो । राजकुमारीमाथि आक्रमणको धम्कीपछि देशको सुरक्षा निकायले उनको सुरक्षा सुनिश्चित गर्न अहोरात्र कडा मिहिनेत गरिरहेको न्याय एवं सुरक्षामन्त्री डिलन येसिलगोजले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू