अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

थाइल्याण्डको शिशु स्याहार केन्द्रमा जथाभाबी गोली चल्दा २३ बालबालिकासहित ३४ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७९ असोज २० गते ४:१७ मा प्रकाशित

थाइल्याण्डको  एउटा शिशु स्याहार केन्द्रमा बन्दुकधारीले जथाभाबी गोली चलाउँदा कम्तीमा ३४ जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् ।

उत्तर–पूर्वी सहर नोङ बुआ लम्फुमा रहेको एक प्री–स्कुल अर्थात् शिशु स्याहार केन्द्रमा गोली चलेको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये २३ जना बालबालिका रहेका    प्रहरीले जनाएको छ । आक्रमणकारीले गोलीसँगै चक्कु समेतप्रहार गरेको बताइएको छ ।

आक्रमणकारी पूर्वप्रहरी रहेको र लागुऔषध प्रयोगकर्ता रहेको पाइएपछि प्रहरीले गएको वर्ष बर्खास्त गरेको थियो । घटनास्थलबाट गाडी लिएर भागेका आक्रमणकारीले आफू, श्रीमती तथा बच्चाको समेत हत्या गरेर आफैँलाई पनि गोली हानी आत्महत्या गरेका थाई सञ्चारमाध्ययमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू