अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

दशैँको आज छैठौं दिन : कात्यायनी भगवतीको पूजा गरियो

बिआरटीनेपाल २०७९ असोज १५ गते ४:२४ मा प्रकाशित

बडादशैँ अन्तर्गत आज छैठौं दिन कात्यायनी भगवतीको पूजा गरिँएको छ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गरिन्छ ।

आजको दिनमा कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख जस्ता सङ्कट नाश हुने धार्मिक विश्वास रहेको छ ।

नवरात्रिका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

आज देभरका देवीदुर्गाका मन्दिर तथा शक्तिपीठहरुमा दर्शनका लागि दर्शनार्थीको भिड लागेकाे छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू