अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३८ | Colorodo: 14:53

अमेरिकी उपराष्ट्रपति ह्यारीस दक्षिण कोरियाको भ्रमणमा

बिआरटीनेपाल २०७९ असोज १३ गते १०:०६ मा प्रकाशित

अमेरिकी उपराष्ट्रपति कमला ह्यारीस दक्षिण कोरिया पुग्नुभएको छ । अमेरिकी उपराष्ट्रपति जापानको भ्रमण लगत्तै दक्षिण कोरिया पुग्नुभएको हो ।जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको अन्त्येष्टि समारोहमा सहभागी भएर उपराष्ट्रपति ह्यारीस दक्षिण कोरियाको भ्रमणमा जानु भएको हो ।

उत्तर कोरियाले आफ्नो पूर्वी तटीय क्षेत्रमा दुई वटा ब्यालेसिटक क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट उपराष्ट्रपति ह्यारीस दक्षिण कोरिया पुग्नुभएको हो ।उत्तरको कदमको दक्षिण कोरिया र जापानले निन्दा गरेका छन् । दक्षिण कोरिया र अमेरिकी सेनाले संयुक्त अभ्यास गरेलगत्तै उत्तरले सो क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि आणविक हतियारको परीक्षण गर्न प्रतिवन्ध लगाएको छ । तर, उत्तरले सो प्रतिबन्धको बेवास्ता गर्दै हालैका वर्षहरुमा नियमित रुपमा आणविक हतियारको परीक्षणहरु गर्दै आएको छ ।

प्योङयाङको क्षेप्यास्त्रले जापान र दक्षिण कोरियाबीच सैन्य अभ्यास गर्नुअघि गत आइतबार अर्को क्षेप्यास्त्र प्रहार गरेको थियो । दक्षिण कोरियाका अधिकारीहरुले उत्तरले प्रक्षेपण गरेको क्षेप्यास्त्र ३० किलोमिटरको उचाइमा पुगेको दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू