अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

बङ्ग्लादेशमा डुङ्गा पल्टिँदा कम्तीमा २३ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७९ असोज ९ गते ७:२० मा प्रकाशित

बङ्ग्लादेशमा डुङ्गा पल्टिँदा कम्तीमा २३ जनाको ज्यान गएको छ । डुङ्गा पल्टिँदा अरू कैयाैँ हराइरहेका बङ्ग्लादेशका अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । राजधानी ढाकाबाट चार सय ६८ किलोमिटर टाढा रहेको पञ्चगढ जिल्लाको करातोया नदीमा दिउँसो डुङ्गा पल्टिएको हो ।

महिला र बालबालिकासमेत गरी २३ जनाको शव निकालिएको र खोजी कार्य भइरहेको पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू