अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 11:29

‘अमेरिका, चीन र भारतबीचकाे तानातानले नेपालमा भूराजनीतिक संकट’-डा. बाबुराम भट्टराई

बिआरटीनेपाल २०७९ असोज ८ गते ५:४८ मा प्रकाशित

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताउनुभएको छ । समाजवादी पार्टीले चाडबाडको अवसर पारेर आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष भट्टराईले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको बताउनुभयो । उहाँले भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई कमजोर पार्ने, अर्थतन्त्रलाई कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको तर्क गर्नुभयो ।

अध्यक्ष भट्टराईले तत्कालीन केपी शर्मा ओलीको सरकारले संघीयताको सबलीकरण गर्नुको सट्टा कमजोर बनाउने प्रयास गरेको आरोप लगाउनुभयो । उहाँले हालै मात्र पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्ण असंवैधानिक कदम चालेको आरोप लगाउनुभयो ।अध्यक्ष भट्टराईले सबैले आग्रह, पूर्वाग्रह, स्वार्थलाई छोडेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू