अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 04:29

बाणिज्य बैकको निक्षेप र कर्जा वृद्धि, तरलता हट्ने संकेत

बिआरटीनेपाल २०७९ भदौ २७ गते ६:५० मा प्रकाशित

बाणिज्य बैकहरुको निक्षेप र कर्जा दुवैमा वृद्धि भएको छ ।यहि भदौ १७ देखि २४ गतेसम्मको तथ्याङ्क अनुसार २६ बाणिज्य बैकको निक्षेपमा आठ अर्बले वृद्धि भएको छ भने कर्जा विस्तार सात अर्ब बढीले बढेको नेपाल बैकर्स संघले जनाएको छ ।

एक साता अघि ४४ खर्ब ३७ अर्ब रहेको बाणिज्य बैकको निक्षेप एक सातााको अवधिमा ४४ खर्ब ४५ अर्ब पुगेको छ । यसैगरी ४१ खर्ब ८१ अर्ब रहेको कर्जा विस्तार बढेर ४१ खर्ब ८८ अर्ब पुगेको छ । अघिल्लो साता बैकहरुको निक्षेप र कर्जा दुवैमा वृद्धि भएको थियो ।

बैकहरुको निक्षेप र कर्जा विस्तारमा देखिएको सुधारले बजारमा देखिएको तरलता अभाव हट्दै जाने अपेक्षा रहेको संघले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू