अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

टर्कीमा छुट्टा छुट्टै सडक दुर्घटनामा ३२ जनाको मृत्य

बिआरटीनेपाल २०७९ भदौ ५ गते ७:१६ मा प्रकाशित

टर्कीमा भएको छुट्टा छुट्टै सडक दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ ।टर्कीको दक्षिणपूर्वी क्षेत्र मार्डिमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको हो । सोही घटनामा घाइतेहरुको उद्धारमा संलग्न बस दुर्घटना हुँदा थप १६ जनाको मृत्यु भएको हो ।

पहिलो घटनामा २० जना घाइते हुँदा दोश्रो दुर्घटनामा २९ जना थपिएका छन् । पहिलो बसलाई ट्रकले ठक्कर दिंदा सडकबाट दुई सय मिटर तल खसेको थियो । टर्कीमा यसअघि गत साता भएको सडक दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू