अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

जापानमा युवा पुस्तालाई मदिरा पिउन आग्रह

बिआरटीनेपाल २०७९ भदौ ३ गते ५:०६ मा प्रकाशित

 जापान सरकारले युवा पुस्तालाई मदिरा पिउने बानी बढाउन आग्रह गरेको छ ।कोरोना संक्रमणपछि रेष्टुराँ, बार, नाइट क्लवहरुको ब्यापार सुक्दा मदिरा कम्पनीहरुको नाफा चौपट भएको र त्यसले सरकारको राजस्वमा समेत नराम्रो धक्का लागेको भन्दै सरकारले नै युवा पुस्तालाई मदिरा पिउन प्रेरित गरेको हो ।

त्यहाँको राष्ट्रिय कर नियोगले युवा पुस्तालाई कसरी मदिराप्रति आकर्षित गर्न सकिन्छ भनेर अभियान नै संचालन गरेको छ ।तीन महिनाका लागि मदिरा पिउँ अभियान संचालन गरेको नियोगले विभिन्न प्रतियोगिता समेत गर्ने भएको छ ।

नयाँ नयाँ स्वादका मदिरा, आकर्षक मदिराका बोतलहरु, विभिन्न खाले अफरहरु र मदिरा बिक्रीका अजीव तरिका अपनाउन पनि आह्वान गरिएको छ । जापानमा निरन्तर घटिरहेको जनसंख्याले पनि मदिराको ब्यापारमा असर गरिरहेको छ भने विवाह र जन्मदर नै घट्दा उत्सवहरु पनि कम हुदै गएका छन् । जसका कारण रंग रमाइलोमा हुने खर्च पनि खुम्चिंदै गएको छ ।

कोरोना संक्रमण अघिसम्म जापानमा मदिरा सेवन निकै ठूलो सामाजिक समस्याको रुपमा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू