अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 01:40

नासाले पत्ता लगायो ‘सुपर अर्थ’ : पृथ्वीभन्दा ४ गुणा ठूलो

बिआरटीनेपाल २०७९ साउन ३० गते ७:३८ मा प्रकाशित

अमेरिकी स्पेश एजेन्सी (नासा) ले नयाँ ग्रह पत्ता लगाएको छ । जुन पृथ्वीभन्दा ४ गुणा ठूलो छ । नासाले पत्ता लगाएकाे भनिएकाे ग्रह आकाश गंगाको बाहिरी सतहमा रहेको छ । वैज्ञानिकहरुले यसको नाम ‘रस ५०८ बी’ राखेका छन् । यसलाई उनीहरुले ‘सुपर अर्थ’ पनि भन्ने गरेका छन् ।सौर्यमण्डल भन्दा बाहिर रहेको ग्रहलाई ‘एक्सोप्लानेट’ भन्ने गरिन्छ । त्यसकारण ‘रस ५०८ बी’ पनि एउटा एक्सोप्लानेट हो । यो ‘रस ५०८ बी’ एक्सोप्लानेट पृथ्वीभन्दा ३७ प्रकाश वर्ष टाढा छ । नासाका अनुसार यो नयाँ ग्रहले एउटा यस्तो तारालाई परिक्रमा गर्छ जसको द्रव्यमान (भार) सूर्यको पाँच भाग बराबरको छ ।

नयाँ ग्रहले परिक्रमा गर्ने ताराको नाम भने रेड ड्वार्फ हो । यो सूर्यको तुलनामा धेरै चम्किलो, रातो रङ भएको चिसो तथा कम प्रकाश भएको तारा हो । सुपर अर्थले यसलाई ५० लाख किलोमिटर टाढाको दूरीबाट यसलाई परिक्रमा गर्ने गर्छ । सौर्यमण्डलबाट सबैभन्दा नजिकको ग्रह बुध सूर्यभन्दा ६ करोड किलोमिटर टाढा छ । यसकारण पनि सुपर अर्थमा जीवन हुनसक्ने सम्भावना रहेको वैज्ञानिकहरु बताउँछन् । सुपर अर्थ र रेड ड्वार्फबीचको दूरी धेरै कम भएका कारण सुपर अर्थलाई रेड ड्वार्फको परिक्रमा गर्न जम्मा १० दशमलव ८ दिनको समय लाग्छ । अर्थात यहाँ ११ दिनको १ वर्ष हुन्छ । पृथ्वीमा भने एक वर्ष ३ सय ६५ दिनको हुन्छ ।

‘रस ५०८ बी’ जापानको सुबारु स्ट्रेटेजिक प्रोगामले खोज गरेको पहिलो एक्सोप्लानेट हो । यसलाई सुबारु टेलिस्कोपले पहिला देखेको थियो । यसको प्रविधि जापानको एक्स्ट्रो बायोलोजी सेन्टरले विकास गरेको हो । नासाका अनुसार ‘रस ५०८ बी’ को सतह पृथ्वीभन्दा कडा हुनसक्छ । यसको कक्ष अण्डाकार भएकोले तारासँग यसको सधैँ समान दूरी रहँदैन । वैज्ञानिकहरु यस्ता ग्रहहरुले आफ्नो सतहमा पानी जमाएर राख्न सक्छन् । तर, यहाँ पानी अथवा जीवन छ, छैन भन्ने बारेमा भने थप अनुसन्धान गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू