अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१३ | Colorodo: 14:28

तालिवानका शीर्ष धार्मिक नेता मौलानाको आत्मघाती आक्रमणमा परी मृत्यु

बिआरटीनेपाल २०७९ साउन २७ गते ८:०४ मा प्रकाशित

तालिवानका शीर्ष धार्मिक नेता मौलाना रहिमुल्ला हक्कानीेकाे बम आमक्रमणमा परी मृत्यु भएकाे छ ।राजधानी काबुलको एक मदरसामा भएको आत्माघाती विस्फोटमा तालिवानका शीर्ष नेता मौलानाकाे मृत्यु भएकाे हाे । तालिवानका अनुसार आक्रमणकारीले कृत्रिम खुट्टामा लुकाएको विस्फोटक पदार्थ विस्फोट गराउँदा नेता मौलानाकाे मृत्यु भएकाे जनाइएकाे छ ।

विस्फोटको जिम्मा अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसले लिएको छ । नेता मौलानालाई आइएस र आइएस खरसोनका कट्टर विरोधी मानिन्थ्यो । महिला शिक्षाका समेत पक्षपाति नेता मौलानालाई सामाजिक सञ्जालमा तालिवानको अनुहार भन्ने गरिन्थ्यो । यसअघि पनि दुई पटकसम्म उनको हत्या गर्ने प्रयास भएको थियो । तालिवान सैन्य आयोगका सदस्य बनिसकेका उनलाई त्यसबेला अमेरिकी फौजले पक्राउ गरी महिनौ जेलमा राखेका थिए । पेशावरस्थिति नेता मौलानाको मदरसामा तालिवान लडाकुको पढाई हुने गर्दथ्यो ।

गत वर्ष तालिवान सत्तामा फर्केपछि अफगानिस्तानमा भएको यो नै सबै भन्दा ठूलो हत्या हो । नेता मौलानाको निधनले हक्कानी नेटवर्कलाई ठूलो क्षति पुगेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू