अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१५ | Colorodo: 16:30

ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू

बिआरटीनेपाल २०७९ साउन २४ गते ७:५५ मा प्रकाशित

युरोपेली संघ (ईयू)को ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू हुँदैछ ।  युक्रेन र रुसको युद्धका कारण  उत्पन्न ऊर्जा संकटको सामना गर्न  आजदेखि ईयूमा आवद्ध देशहरुले १५ प्रतिशतले ग्यास खपत कटौती गर्ने योजना कार्यान्वयनमा ल्याउन लागेका हुन् ।

दुई हप्ता अगाडि २७ राष्ट्र सम्मिलित युरोपेली संघ (ईयू) ले ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने सहमती गरेका थिए ।  यूक्रेनविरुद्ध रूसी सैन्य आक्रमणले ल्याएको ग्यास आपूर्तिको सुरक्षामा आसन्न खतरालाई ध्यानमा राख्दै यो नियम तत्काल लागू गरिनुपर्ने देखिएकोले आजदेखि कार्यान्वयनमा ल्याउन लागिएको इयूले विज्ञप्तिमार्फत् जनाएको छ ।  चिसो मौसममा ग्यासको भण्डारणलाई समयमै बलियो बनाउन सक्षम हुनका लागि अहिलेदेखि यस्तो निर्णय गरिएको विज्ञप्तिमा भनिएको छ ।

युरोपेली घरपरिवार र व्यवसायहरू ऊर्जाका लागि रूसी ग्यासको भर पर्नुपर्ने र यसका लागि इन्धन भण्डारण नै निर्विकल्प उपाय हो । केही ईयूमा आवद्ध  देशहरुले यो नियमलाई पालना गर्न असम्भव भएको बताएका  थिए । तर यदि युरोपेली आयोगले ‘ग्यास आपूर्तिमा गम्भीर कमी’ वा असाधारण रूपमा उच्च ग्यासको माग देखापरेको छ भने, यसले ईयू सदस्य राष्ट्रहरूलाई ग्यास कटौतीका लागि बाध्यकारी बनाउँदछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू