अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३६ | Colorodo: 13:51

इथियोपियाका दुई करोड मानिसलाई सहायताको खाँचो

बिआरटीनेपाल २०७९ साउन २० गते ७:२३ मा प्रकाशित

संयुक्त राष्ट्रसंघले इथियोपियाका दुई करोडभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको बताएको छ ।संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी एजेन्सी (ओचा)ले सन् २०२२ मा इथियोपियामा दुई करोडभन्दा बढी मानवीय सहायताको खाँचो रहेको औंल्याएको हो ।

इथियोपियामा आन्तरिक द्वन्द्व, खडेरी तथा प्राकृतिक प्रकोपका कारण नागरिकमा मानवीय सहायताको खाँचो बढ्दै गएको राष्ट्रसंघको भनाई छ । मानविय सहायताको आवश्यकता भएका सर्वसाधारणको संख्यामा दुई तिहाई महिला तथा बालबालिका रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू