अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५४ | Colorodo: 08:09

माल्दिभ्समा किरणलाई उत्कृष्ट गोलरक्षकको अवार्ड

बिआरटीनेपाल २०७९ साउन १७ गते ६:४६ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगको यो सिजनको उत्कृष्ट गोलरक्षक भएका छन् ।माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा किरणले माजियाबाट पहिलो तथा व्यक्तिगत रुपमा दोस्रो लिग उपाधि जितेका हुन् ।

माजिया स्पोर्टस एण्ड रिक्रियशनलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन किरणले उच्च प्रदर्शन गरेका थिए । यसअघि उनले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका थिए ।

मायिजाले लगातार तेस्रो सिजन उपाधि जित्दै लिगमा ह्याट्रिक गर्ने क्रममा २१ मध्ये २० खेलमा जित हासिल गर्‍यो भने एक खेलमा भने हार बेहोरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू