अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

साफ च्याम्पियनसिपमा ७ टोलीलाई दुई समूहमा विभाजन

बिआरटीनेपाल २०७९ साउन १४ गते ६:०८ मा प्रकाशित

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन भएकाे सार्वजनिक गरेको छ ।आज (शनिबार) सार्वजनिक गरिएको समूह विभाजनमा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेकाे साफले जनाएकाे छ । नेपाल सहज मानिएको समूह ’बी’ मा परेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ ।

समूह ’ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् । मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका साफको तयारीका लागि नेपालले बन्द प्रशिक्षण सुरु गरिसकेका छन् । पशिक्षणमा ५८ खेलाडी सहभागी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप आगामी भदौ २१ देखि असोज ३ गतेसम्म हुने भएकाे छ ।

नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू