अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१७ | Colorodo: 11:32

आईएल टी–२० लिगले शीर्ष खेलाडीलाई साढे चार लाख डलर पारिश्रमिक दिने

बिआरटीनेपाल २०७९ साउन १३ गते ८:४३ मा प्रकाशित

युएईको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्टरनेसनल लिग टी–ट्वान्टी (आईएल टी–२०) ले विश्वको शीर्ष खेलाडीलाई साढे चार लाख डलर पारिश्रमिक दिने प्रस्ताव गरेको छ ।पहिलो संस्करणका लागि आईएल टी–२० ले विश्वका शीर्ष खेलाडीलाई एक सिजनमा ४ लाख ५० हजार अमेरिकी डलरसम्म पारिश्रमिक दिने तयारी गरेको क्रिकइन्फोले जनाएको छ । जुन पारिश्रमिक भारतको इन्डियन प्रिमियर लिग (आइपीएल) पछिकै सर्वाधिक बढी हो ।

आईएल टी–२० ले प्रतियोगितालाई आकर्षक र विश्व क्रिकेटको ध्यान तान्न खेलाडीलाई मोटो रकमको पारिश्रमिक दिने योजना बनाएको हो । मोटो रकमको कारण विश्वका ठूला खेलाडी प्रतियोगिता खेल्न आउने अनुमान गरिएको छ ।अष्ट्रेलियाका पूर्व कप्तान डेभिड वार्नर अष्ट्रेलियाको बिग ब्यास लिग छाडेर आईएल टी–२० लिग खेल्न आउने बताइएको छ । प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुवरी १२ सम्म आयोजना हुनेछ । प्रतियोगितालाई इमिरेट्स क्रिकेट बोर्ड (इसिबी) ले स्वीकृति दिइसकेको छ ।

प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ । प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउनेछन् । जसमा १२ विदेशी खेलाडी राख्न पाइनेछ । यस्तै हरेक टोलीले तीन जना यूएइका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू–२३ टिमका खेलाडी अनिवार्य गरिएको छ । प्लेईङ–११ मा भने कम्तिमा एक जना युएई र एसोसियट राष्ट्रका खेलाडी हुनु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू