अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा

बिआरटीनेपाल २०७९ साउन १२ गते ९:१६ मा प्रकाशित

जर्मनी इंग्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सलाई २–१ ले हराउँदै जर्मनी उपाधि नजिक पुगेको हो ।जर्मनीको जितमा एलेक्सान्ड्रा पोप्प ले दुवै गोल गरिन् । फ्रान्सले भने उपहार गोल पाएको थियो ।

खेलको ४० औं मिनेटमा पोप्पले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर, ४४ औं मिनेटमा मर्ल फ्रम्सले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीको स्थितिमा पुगेको थियो । त्यसपछि ७६ औं मिनेटमा पोप्पले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २–१ को जित दिलाईन् ।

१२ औं संस्करण जारी रहँदा जर्मनी नवौं पटक फाइनलमा प्रवेश गर्न सफल भएको हो ।अब जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ । फाइनल साउन १५ गते राति हुनेछ । यसअघि इंग्ल्यान्डले स्विडेनलाई ४–० ले पराजित गर्दै महिला युरोको इतिहासमा इंग्ल्यान्ड तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू