अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०८ | Colorodo: 21:23

युरोकप महिला फुटबल- साविक विजेता नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

बिआरटीनेपाल २०७९ साउन ८ गते ८:४५ मा प्रकाशित

साविक विजेता नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।इंग्ल्याण्डको रोथरह्याममा शनिबार राति भएको क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० ले हराउँदै फ्रान्सले सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा फ्रान्सकी इभे पेरिसेले खेलको १ सय २ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरिन् ।जितसँगै फ्रान्स पहिलो पटक युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले अब बुधवार हुने सेमिफाइनलमा ८ पटकको च्यापियन जर्मनीसँग खेल्नेछ ।

प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा आयोजक इंग्ल्याण्ड र स्विडेन भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू