अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०६ | Colorodo: 20:21

इंग्ल्याण्ड युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश

बिआरटीनेपाल २०७९ साउन ५ गते ७:४१ मा प्रकाशित

स्पेनलाई अतिरिक्त समयमा हराउँदै इंग्ल्याण्ड युरोकप महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।इंग्ल्याण्डको ब्राइटनमा बुधबार राति भएको खेलमा घरेलु टोली २–१ ले विजयी भएकाे हाे । खेलको ५४ औं मिनेटमा स्पेनकी एस्थर गोन्जालेजले सुरूवाती गोल गर्दै टोलीलाई अग्रता दिएकी हुन् । ८४ औं मिनेटमा सब्सटिच्युट खेलाडी इल्ला टुनेले इंग्ल्याण्डको लागि बराबरी गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेकाे हाे ।

अतिरिक्त समयमा जर्जिया स्टानवेले निर्णायक गोल गर्दै इंग्ल्याण्डलाई सेमिफाइनलमा पुर्याएकी हुन् । यो जितसँगै इंग्ल्याण्डको महिला फुटबल टोलीको अपराजित खेल श्रृंखला १८ खेलसम्म लम्बिएको छ । युरोकप महिला फुटबलको दोस्रो क्वाटरफाइनल खेलमा बिहिबार राति उपाधि दावेदार जर्मनीले अष्ट्रियाको सामना गर्ने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू