अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

हिमालय एअरलाइन्सको काठमाण्डौ–कुवेत उडान सुरु

बिआरटीनेपाल २०७९ असार ३२ गते ५:५६ मा प्रकाशित

हिमालय एअरलाइन्सले काठमाण्डौ–कुवेत उडान सुरु गरेको छ । हिमालय एअरलाइन्सले आफ्नो आठौँ गन्तव्यका रुपमा हिजोदेखि काठमाण्डौ–कुवेत उडान थालेको हो ।गए राति साढे १० बजे कुवेत उडेको जहाज आज पुन: यात्रु बोकेर बिहान सवा ९ बजे काठमाण्डौ अवरण  गरेको छ । उडान उद्घाटन कार्यक्रममा प्रमुखअतिथिका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिहरुको उपस्थिति रहेको थियो । एअरलाइन्स्ले हरेक शुक्रबार काठमाण्डौ–कुवेत र हरेक शनिबार कुवेत– काठमाण्डौ उडान सञ्चालन गर्नेछ ।

कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीहरूका लागि महत्त्वपूर्ण गन्तव्य हो । नेपाल र कुवेतबीच सन् २००६ मा हवाई सेवा सम्झौता भएको थियो । हिमालय एअरलाइन्स काठमाण्डौलाई कुवेतसँग सिधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी समेत बनेको छ । सन् २०१४ मा चीनसँगको संयुक्त लगानीमा स्थापना भएको हिमालयन एअरलाइन्ससँग ४ वटा जहाज रहेका छन् । कम्पनीका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो, ‘हिमालय एअरलाइन्स् एक प्रगतिशील वायुसेवा कम्पनीहो जसले यात्रुहरूलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवाउपलब्ध गराउँदै आएको छ । हिमालयले काठमाण्डौ–कुवेत–काठमाण्डौ सेक्टरको सुरुवात पनि त्यही भावना अनुरुप गरेको हो  ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू