अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

नेप्से साढे १४ अङ्कले बढेर २ हजार विन्दुमा, २ अर्ब ४१ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७९ असार ३० गते ७:५९ मा प्रकाशित

लगातार तेस्रो दिन बिहीवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ७१ अङ्कले बढेर २ हजार १ दशमलव ५३ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर सामान्य बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । एक सय २० वटा कम्पनीका ६२ लाख १० हजार कित्ता शेयर दुई अर्ब ४१ करोड १८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३० करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज नबिल प्रगति फन्डकाे शेयर १० प्रतिशतले तथा माथिल्लाे तामाकोशी जलविद्युत् र प्रभु सेलेक्ट फन्डकाे शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू