अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४३ | Colorodo: 03:58

आज पनि घट्यो सुनचाँदीको मूल्य

बिआरटीनेपाल २०७९ असार २९ गते ७:०१ मा प्रकाशित

साताको चौथो दिन बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सयले घटेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बुधबार ५ रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य सोमबार र मंगलबार पनि घटेको थियो भने चाँदीको मूल्य मंगलबार घटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू