अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

७७ अङ्कले घटेर शेयर बजार राताम्मे, ६ वटा बाहेक सबै कम्पनीको शेयर ओरालो

बिआरटीनेपाल २०७९ असार २७ गते ८:४८ मा प्रकाशित

शेयर बजार आज साेमवार ७७ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ७७ दशमलव शून्य एक अङ्कले घटेर एक हजार नाै सय १५ दशमलव ६१ विन्दुमा झरेको छ । सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, जलविद्युत्, बीमा, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा ६ वटाबाहेक सबै कम्पनीको शेयर घटेको छ । ६३ लाख १३ हजार कित्ता शेयर दुई अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ११ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज ग्रामीण विकास लघुवित्तको शेयर १० प्रतिशत तथा किसान लघुवित्त, हिमालयन पावर पार्टनर, माउन्टेन हाइड्रो नेपाल र ग्लोबल आईएमई समुन्नत स्किम कम्पनीको शेयर नाै प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू