अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन

बिआरटीनेपाल २०७९ असार २२ गते ७:०० मा प्रकाशित

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ ।

सभामुख अग्नि सापकोटाले राखेको ११ सदस्य विशेष छानबिन समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको हो । सभामुखले प्रस्ताव वाचन गर्दै सांसदहरू खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य रहेको छानबिन समिति गठन गरिएको जानकारी दिनुभएको छ ।

समितिले करका दर हेरफेर गर्ने क्रममा अनधिकृत व्यक्तिको प्रवेशका विषयमा सत्य/तथ्य खोजेर प्रतिवेदन बनाएर पेस गर्नेछ । समितिलाई दश दिनकाे समय दिइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू