अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

नुपुर शर्माले देशमा आगो लगाएको भारतीय सर्वाेच्च अदालतको टिप्पणी

बिआरटीनेपाल २०७९ असार १७ गते ७:२९ मा प्रकाशित

इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे गरेको टिप्पणीका कारण विवादमा आएकी भारतीय जनता पार्टीकी नेतृ नुपुर शर्मालाई त्यहाँको सर्वोच्च अदालतले राष्ट्रसँग माफी माग्नु पर्ने जनाएको छ ।शर्माले आफूमाथि दायर भएका उजुरी दिल्लीमा स्थानान्तरण गर्न माग गर्दै अदालतमा निवेदन दिएकी थिईन । तर उनको निवेदन अस्वीकार गर्दै अदालतले उनको कडा शब्दमा टिप्पणी गर्दै माफी माग्न भनेको छ । सर्वोच्च अदालतको टिप्पणीलाई मुस्लिम संघ संगठन हरूले स्वागत गरेका छन् । तर, शर्माले माफी माग्नुपर्ने र भविष्यमा अरु कसैले यस्तो टिप्पणी गर्न नसकोस् भन्दै कानुनी कारबाही पनि गर्नुपर्ने ती संघ संगठनको माग छ । पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेपछि शर्मा विवादमा तानिएकी थिइन् ।

शर्माले पैगम्बर मोहम्मदबारे विवादित टिप्पणी गरेपछि भारतभर उनीसँगै उनको पार्टीको पनि कडा विरोध हुँदै आएको छ । भारत मात्रै नभएर अन्य मुस्लिम देशहरुले पनि पैगम्बर मोहम्मदमाथि नेतृ शर्माले दिएको अभिव्यक्तिको बिरोध गरिएको छ । उनले केही दिन अघि आफ्नो अभिव्यक्ति फिर्ता लिएकी थिइन् । तर उनीमाथि भारतका बिभिन्न राज्यमा मुद्दा दायर भएको थियो ।

बिवादित अभिब्यक्ति दिएपछि शर्मालाई भारतीय जना पार्टीले पार्टीबाट निलम्बन गरिसकेको छ । शर्माको अभिव्यक्तिका कारण सिंगो देशमा आगो लागेको र एकजनाको हत्या समेत भएको भन्दै सर्वाेच्च अदालतले यसको सबै दोषी उनी नै भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू