अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

१० वर्षे द्वन्द्वमा सिरियामा ३ लाख मानिसकाे मृत्यु भएको राष्ट्रसंघको ठहर

बिआरटीनेपाल २०७९ असार १५ गते ७:२६ मा प्रकाशित

सिरियामा १० वर्षसम्म भएकाे द्धन्द्धमा ३ लाख सर्वसाधारणकाे मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएको छ ।संयुक्त राष्ट्रसंघले जारी गरेको रिपोर्टका अनुसार करिब १ सय जनालाई बन्दी बनाइसकेपछि विभिन्न यातना शिविरमा मृत्यु भएको उल्लेख छ । द्धन्द्धकै क्रममा मृत्यु भएको सैनिक र लडाकुहरूको संख्या भने यो प्रतिवेदनमा समावेश गरिएको छैन् ।

उनीहरूको संख्या १० औं हजारको रहेको आँकलन गरिएको छ । संयुक्त राष्ट्रसंघ मानवअधिकार कार्यालयले प्रकाशित गरेको प्रतिवेदनले द्धन्द्ध सम्बन्धित हताहतीको तथ्यांक पनि समावेश गरेको छ । संयुक्त राष्ट्रसंघीय उच्चायुक्त मिशेल बाचेलेटले ३ लाख मानिसको परिवारमा हत्याको प्रभाव परेको र उनीहरू सामान्य जीवनमा फर्कन निकै समय लाग्ने उल्लेख गरेका छन्।

साेही प्रतिवेदनमा मृत्यु भएका व्यक्तिहरूको नाम, मिति र मृत्यु भएको स्थलसमेत उल्लेख गरिएको छ । प्रतिवेदन तयार पार्नका लागि विभिन्न ८ वटा स्वतन्त्र मानवअधिकारवादी संस्थाको सहयोग लिईएको थियो । सिरियामा सन् २०११ को मार्चमा सुरु भएको सरकार विरोधी प्रदर्शन गृह युद्धमा परिणत हुँदा लाखौं मानिस विस्थापित भएका छन् । त्यहाँ अहिले पनि अस्थिरता कायमै रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू