अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 13:48

प्रचण्डको दोहोरो चरित्र देखियो : अध्यक्ष ओली

बिआरटीनेपाल २०७९ असार १४ गते ७:१९ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सवालमा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ले दोहोरो चरित्र देखाएको आरोप लगाउनुभएको छ ।मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले अहिले एसपीपीका सम्बन्धमा पनि अमेरिकासँग सम्झौता गर्न सकारात्मक भइसकेको अवस्थामा जनताको दबाबमा सरकार पछि हटेको बताउनुभयो ।

ओलीले एसपीपीको पछिल्लो ड्राफ्ट निकै खतरनाक रहेको टिप्पणी गर्नुभयो । एसपीपीमा सहभागी हुने तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा मिति संशोधन गरिएको दाबी गर्दै उहाँले आफू प्रधानमन्त्री भएको बेला पत्र पठाएको भनिए पनि त्यसअघि नै पत्र पठाइसकेको हुन सक्ने बताउनुभयो ।

‘जनताको बहुदलीय जनवाद’ अरु देशमा आफूहरुले लागू गर्न नसक्ने भन्दै ओलीले जबज अरु देशमा लागू गर्ने सामथ्र्य आफूहरुसँग नरहेको प्रस्ट पार्नुभयो । यसको सहीपना र सफलताको अवश्यंभावीतालाई बुझे अन्य देशले पनि जबजलाई लागू गर्न सक्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले जबज नेपाली समाज, व्यवहार, संघर्षबाट पृथक रहेर नभई ती सबैसँग गाँसिएर आएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू