अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२० | Colorodo: 22:35

मोरोक्कोमा भागदौड हुँदा २३ जनाको मृत्यु, सयौं घाइते

बिआरटीनेपाल २०७९ असार १२ गते ८:०९ मा प्रकाशित

युरोपेली देश स्पेन प्रवेश गर्न खोज्ने आप्रवासीहरुबीच भागदौड हुँदा मोरोक्कोमा २३ जना आप्रवासीको मृत्यु भएको छ ।साथै साेही भागदौडमा परी सयौं आप्रवासी घाइते भएका हुन् । भागदौडका क्रममा भीड नियन्त्रण गर्न खोज्दा केही प्रहरी पनि घाइते भएका छन् । मोरोक्कोको नादोर र मेलिलाबीचको सीमाना नाघेर २ हजार आप्रवासी स्पेन प्रवेश गर्न लागेपछि दुवै देशका सुरक्षा अधिकारीले नियन्त्रण गर्न खोज्दा उक्त घटना भएको हो ।

सुरक्षाकर्मीले उनीहरूलाई सीमानाको दुवैतर्फबाट रोकेका थिए । सीमानामा रहेको फलामे बार चढ्न खोज्दा उनीहरूको मृत्यु भएको मोरोक्कोको गृह मन्त्रालयले जनाएको छ । मानव अधिकारवादी संस्थाहरुले भने २७ जनाको ज्यान गएको बताएका छन् । दुर्घटनामा ज्यान गुमानेमा अधिकांश अफ्रिकी नागरिक छन् । यसैबीच, स्पेनका अधिकारीहरूले ४८ जना सिभिल गार्ड घाइते भएको तथा चारवटा गाडीमा क्षति पुगेको बताएका छन् ।

सीमाना पार गर्न सफल भएका आप्रवासीहरू स्थानीय आप्रवासी केन्द्रमा पुगेको र त्यहाँ उनीहरूको परिस्थितिको समीक्षा भईरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू