अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२६ | Colorodo: 09:41

बंगलादेशमा बाढीमा परी ३२ जनाकाे मृत्यु, लाखौं मानिस घरबार बिहीन

बिआरटीनेपाल २०७९ असार ८ गते ८:२१ मा प्रकाशित

बंगलादेशमा भारी वर्षापछि आएको बाढीमा परी ३२ जनाको मृत्यु भएको छ ।लाखौं मानिस घरबार बिहिन बनेका हुन् । बंगलादेशको उत्तर पूर्वी क्षेत्रमा हजारौं घरहरू डुबानमा परेका छन् । बाढी बस्तीमा प्रवेश गर्दा सडक, हवाई र यातायात समेत अवरुद्ध हुनुका साथै बिजुली आपूर्ति समेत बन्द भएको छ । बंगलादेशकी प्रधानमन्त्री शेह हसिना वाजेदले हेलिकाेप्टरबाट बाढी प्रभावित क्षेत्रहरूको अवलोकन गरी उद्धार र विस्थापित भएका मानिसलाई राहत र बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

बाढी प्रभावित ३ लाख सर्वसाधारणलाई भने हाल विभिन्न विद्यालयहरूमा आश्रयस्थल बनाई राखिएको छ । बंगलादेशमा प्रत्येक वर्ष मनसुन सुरु भएपछि बाढी आउँदा थुप्रै मानिसको मृत्यु हुने गरेको छ । त्यस्तै उता भारतका पूर्वी राज्यहरूमा पनि बाढीका कारण दर्जनौं मानिसको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू