अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२९ | Colorodo: 06:44

पत्रकारले विचार व्यक्त गरेको आधारमा दण्डित नगर्ने : सञ्चारमन्त्री कार्की

बिआरटीनेपाल २०७९ असार ७ गते ७:३७ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ ।नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्दै आएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ वितरण समारोहमा उहाँले कुनै पनि पत्रकारले विचार व्यक्त गरेको आधारमा सरकारले दण्डित नगरेको र नगर्ने विश्वास दिलाउनुभयो ।

दक्षिण एशियामै स्वतन्त्र प्रेसको नमुना देशका रुपमा नेपाललाई विकास गर्न सरकार कानुनी र संरचनागत व्यवस्था गनै तयार रहेको मन्त्री कार्कीले बताउनुभयो ।शासन पद्धतिसँगै जनताको जीवनस्तरमा पनि परिवर्तन आउनु जरुरी हुने भन्दै उहाँले आगामी दिनमा नेपालीलाई कसरी सम्पन्न बनाउने हो त्यसतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री कार्कीले पूँजी निर्माणका लागि लगानी मैत्री वातावरण बनाएर नीजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल पञ्चशिलको सिद्धान्तलाई आत्मसात गर्दै अन्य राष्ट्रसँग सम्बन्ध विस्तार गर्दै अघि बढ्ने धारणा राख्नुभयो ।अमेरिकन स्टेट पार्टनरसिप प्रोग्रामलाई अघि नबढाउने निर्णय सरकारले निर्णय गरिसकेको भन्दै उहाँले सबैको सहयोगमा अघि बढे मुलुकको भविष्य उज्वल रहेको उहाँको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू