अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२८ | Colorodo: 14:43

‘जलवायु परिवर्तनको प्रत्यक्ष मारमा महिला’

बिआरटीनेपाल २०७९ असार ७ गते ७:०२ मा प्रकाशित

प्रदेश सांसदहरुले नेपालमा जलवायु परिवर्तनको असर डर लाग्दो बन्दै गएको भन्दै सचेत हुनुपर्ने बेला आएको बताएका छन् ।नेपालमा पछिल्लो समय जलवायुजन्य परिवर्तनका कारण मानव जीवनमा ठूलो असर परिरहेको भन्दै त्यसतर्फ तीन वटै सरकार सचेत भएर काम गर्ने बेला भएको बताएका हुन् ।

जलवायु परिवर्तनको असर सबैभन्दा धेरै महिलालाई पर्ने गरेको विज्ञहरुको भनाइ छ । जलवायु परिवर्तनका कारण खानेपानीको मुहान सुक्नुले पानी लिन टाढा धाउनुपर्ने बाध्यता छ ।कर्णाली प्रदेश सांसद एवं कर्णाली प्रदेशकी सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलीले जलवायु परिवर्तनको असर मानव विकासमा समेत परिरहेको बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा जलवायुका परिवर्तनका कारण भूक्षय, बाढीपहिरोको प्रकोप उच्च रहेको र विकासका पूर्वाधारहरु पनि पर्याप्त नभएको गुनासो गर्नुभयो ।

बागमती प्रदेशकी सांसद एवं उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आलेमगरले पार्टीगत रुपमा नै नेतृत्व वर्गमा महिलाको बारेमा सोचाई फरक रहेको बताउनुभयो । महिला तथा सीमान्तकृत समुदायहरुको जीविकोपार्जन तुलनात्मक रुपमा प्राकृतिक श्रोतमा बढी निर्भर छ । यी श्रोत जलवायु परिवर्तनका असरप्रति अति संवेदनशील रहेका कारण श्रोतहरुको उपलब्धता र गुणस्तरमा आएको क्रमिक ह्रास एवं क्षतिका कारणले ती क्षेत्रको जीवनस्तरमा प्रत्यक्ष असर पर्दै आएको छ ।

प्रतिक्रिया