अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

मनोज पाण्डे पुर्पक्षका लागि थुनामा

बिआरटीनेपाल २०७९ असार ६ गते ७:३७ मा प्रकाशित

काठमाडौं जिल्ला अदालतले सौन्दर्य प्रतियोगिताका क्रममा सहभागीलाई यौन दुर्व्यवहार गर्ने मनोज पाण्डेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। उनलाई डिल्लीबजार कारागार पठाइएको छ।काठमाडौँ जिल्ला न्यायाधिवक्ता गंगा पौडेलका अनुसार मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका पाण्डेलाई काठमाडौं अदालतले सोमबार पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो। न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पाण्डेलाई थुनामा पठाउन आदेश दिएको हो।

उनीमाथि दुईवटा मुद्दामा अनुसन्धानपत्र दर्ता गरेकामा बाल यौन दुर्व्यवहारको मुद्दामा भने अदालतले १ लाख रुपैयाँ धरौटी माग गरेको छ।आठ वर्षअघि पाण्डेले सौन्दर्य प्रतियोगिताका एक सहभागी किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो।

पाण्डेलाई सरकारी वकिल कार्यालयले १० देखि १५ वर्ष कैद सजाय र ५० हजारदेखि १ लाख रूपैयाँ क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको मनोज पाण्डे भनिने मनोजकुमार जैशीमाथि बालयौन दुरुपयोग र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को अनुसार अनुसन्धान अघि बढाइएको थियो।

 

प्रतिक्रिया