अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिकाे विरुद्धमा विभिन्न ठाउँमा प्रदर्शन

बिआरटीनेपाल २०७९ असार ६ गते ७:१० मा प्रकाशित

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।नेकपा एमाले निकट अनेरास्ववियुले आज (सोमबार) बुटवल, विराटनगरलगायतका शहरमा प्रदर्शन गरेको हो । बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

त्यस्तै विराटनगरमा पनि पेट्राेलियम पदार्थको मूल्य वृद्धिकाे विरोध गर्दै यातायात व्यवसायी र मजदुरले चक्काजाम समेत गरेका छन् । सोमबार बिहान विराटनगरको राजवशी चोकमा सवारी साधन तेस्र्याएर उनीहरूले यातायात अवरुद्ध गरेका हुन्। यदि सरकारले मूल्यवृद्धि फिर्ता नलिए देशभर आन्दोलन गर्ने यातायात व्यावसायीहरूले चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया