अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०१ | Colorodo: 08:16

युक्रेनका राष्ट्रपतिले गरे युद्धग्रस्त शहरहरूको भ्रमण

बिआरटीनेपाल २०७९ असार ५ गते ७:४५ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीले युद्धको अग्रपंक्तिमा रहेका दक्षिणी शहर माइकोलाभ र ओडेसाको भ्रमण गर्नुभएको छ ।रुस युक्रेन युद्धकाबीच तहसनहस भएको युक्रेनका शहरहरुकाे भ्रमणका क्रममा उहाँले युद्धसँग जुधिरहेका सेनाको हौसला बढाउनुका साथै विभिन्न अस्पतालमा रहेका घाइतेहरू, चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग भेटघाट समेत गर्नुभएकाे हाे । यी दुवै शहरमा पछिल्लो समय रुस र युक्रेनका सेनाबीच भीषण युद्ध जारी रहेकाे छ ।

यसअघि उहाँले किभ पुगेका पश्चिमी राष्ट्रका नेताहरुसँग पनि भेटघाट गरिसक्नुभएको छ । रुस युक्रेन युद्धमा अहिलेसम्म ४ हजार ५ सय सर्वसाधारण मारिएको र एक करोड ३० लाखले युक्रेन घरबास छाडेको संयुक्त राष्ट्रसंघको दावी छ । युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीकाे युद्धग्रस्त क्षेत्रको भ्रमणलाई रुसी सेनाका लागि चुनौतीको रुपमा पनि विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू