अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

‘पद्मा पुल बीआरआईको हिस्सा होइन, सरकारकाे लगानीमा बनेकाे हाे’- बङ्गलादेश

बिआरटीनेपाल २०७९ असार ४ गते ८:४२ मा प्रकाशित

बङ्गलादेशले पद्मा पुल चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को हिस्सा नभएको स्पष्ट पारेको छ । विदेश मन्त्रालयले शुक्रवार एक विज्ञप्ति निकालेर पद्मा बहुद्देशीय पुलमा विदेशी लगानी नरहेको स्पष्ट गरेको हो ।

पद्मा बहुद्देशीय पुल पूर्णरूपमा बङ्गलादेश सरकारको लगानीमा बनाइएको र त्यसमा कुनै पनि द्विपक्षीय वा बहुपक्षीय निकायबाट आर्थिक लगानी नरहेको विदेश मन्त्रालयले जनाएको छ । बीआरआई र विदेशी लगानीमा पुल बनाइएका समाचार सार्वजनिक भएपछि बङ्गलादेश सरकारले त्यसको खण्डन गर्दै वास्तविकता जनसमक्ष प्रस्तुत गरेको हो । आज शनिवार त्याे पुल आवागमनका निम्ति खुला गरिँदैछ ।

विदेश मन्त्रालयका अनुसार पद्मा पुलले दक्षिण–पश्चिम भेगका १९ जिल्लालाई देशका अन्य भागसँग जोड्ने तथा त्यसले सामाजिक–आर्थिक विकासका साथै क्षेत्रीय सम्पर्क विस्तारमा योगदान गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू