अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०३ | Colorodo: 21:18

सरगम कौशलले जितिन् मिसेस इन्डिया वर्ल्डको उपाधि

बिआरटीनेपाल २०७९ असार ४ गते ८:३४ मा प्रकाशित

मिसेस इन्डिया वर्ल्डको उपाधि सरगम ​​कौशलले जितेकी छिन् ।कौशलले देशभरका ५१ जना प्रतियोगीलाई हराएर मिसेस इन्डिया वर्ल्डको उपाधि जितेकी हुन् । प्रतियोगिताको फस्ट रनरअप जुही व्यासले जितिन् भने सेकेन्ड रनरअप चाहत दलालले जितिन् ।

सेज इन्डिया वर्ल्ड २०२१ र मिसेस वर्ल्ड २०२२ मा राष्ट्रिय पोशाक–विजेता नवदीप कौरले कौशललाई ताज पहिराएका थिए ।मिसेस इन्डिया वर्ल्डको उपाधि जितेपछि अब ​कौशलले मिसेस वर्ल्ड २०२२ मा भारतको प्रतिनिधित्व गर्नेछिन् ।

मिसेस इन्डिया वर्ल्ड प्रतियोगिताको निर्णायक प्यानलमा विवेक ओबेरोय, सोहा अली खान, पूर्व क्रिकेटर मोहम्मद अजहरुद्दीन, पूर्व मिस वर्ल्ड डाक्टर अदिती गोवित्रीकर र फेसन डिजाइनर मासुमी मेवावाला थिए । जुन १५ मा मुम्बईको गोरेगाउँस्थित नेस्को सेन्टरमा यो कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू